site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार शोधनान्तर स्थिति बचतमा देखिएको हो ।

अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति दुई अर्ब ६ करोडले बचतमा रहेको हो ।

यस्तै, पुस मसान्तसम्म चालु खाता पनि एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा चालु खाता पुस मसान्तसम्म एक अर्ब २१ करोडले बचतमा रहेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro