site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनलाई मन्त्री गुरुङको जवाफ– धरहराको काम सकिएकै छैन, यसरी गए राम्रो हुँदैन

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले पार्किङका लागि धरहरा प्रयोगबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिमा जवाफ दिएकी छन् । 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री गुरुङले बालेनले समन्वय र सम्पर्क नै नगरेको टिप्पणी गरेकी हुन् ।

"एक महिना पर्खेको भए राम्रो हुन्थ्यो, समन्वय र सम्पर्क नगर्ने । यसमा सरकार जिम्मेवार हुन सक्दैन । अहिलेसम्म प्राथमिकतामा उहाँहरूले राख्नुभएको छैन । उहाँहरू यसरी गए राम्रो हुँदैन," उनले भनिन् ।

Argakhachi Cement Island Ad

उनले धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको बताइन् । "निर्माण नसकिँदै हुँदैन । निमार्ण सम्पन्न गर्ने मुख्य कुरा हो । अनि मात्र कुन तहक‍ो सरकारले सञ्चालन गर्ने भन्ने हुन्छ । खल्तीको व्यक्तिलाई पार्किङ दिने हैन," उनले भनिन् ।

मन्त्री गुरुङले निर्माण नै सम्पन्न नभएकाले महानगरले मान्ने/नमान्ने प्रश्न नै नभएको पनि बताइन् ।

"महानगरले मान्ने नमान्ने हुन्न । निर्माण सम्पन्न भएको छैन, बिल भुक्तानी कसले गर्ने ? हामीले पनि जनताका लागि गरेको हो । लामो समय लागेको सत्य हो । तर, निर्माण सम्पन्न हुन दिनुपर्छ । समन्वय आवश्यक छ । निर्माण सम्पन्न हुनुपर्छ," उनले भनिन् ।

अहिले बत्ती नै जडान नभएको तथा अग्नि नियन्त्रणको काम पनि नभएकाले प्रयोग गर्न नहुने उनको भनाइ छ।

"तीन तलामुनि नागरिक जाँदा अक्सिजनको मात्रा मिलेन भने जिम्मेवार को हुन्छ ?," उनले प्रश्न गरिन् ।

सोमबार बिहानमात्र बालेनले सामाजिक सञ्जालबाट महानगरलाई धरहरा प्रयोग नगर्न पत्र आएको बताउँदै आक्रोश पोखेका थिए । उनले सरकारको पत्र कार्यान्वयन नगर्ने पनि बताएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्