site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अमेरिकी सांसदको बेसक्याम्प यात्रा संस्मरण : बाटोमा मिल्काइएका चकलेटका खोल टिप्दै हिडेँ
Sarbottam CementSarbottam Cement

ड्यालस (अमेरिका) । टेक्सस राज्यका सांसद सलमान भोजनीले आफ्नो नेपालको ट्रेकिङ्ग यात्रा जीवनभरि अविस्मरणीय रहने उल्लेख गरेका छन् । 

गत सेप्टेम्बर–अक्टोबर महिनामा सगरमाथा आधार शिविरसम्म हिँडेर यात्रा गरेर रोमाञ्चक अनुभव लिएका थिए भोजनीले । 

उनले आइतबार गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टर र सिटी अफ युलेसको संयुक्त आयोजनामा भएको ‘भिजिट नेपाल २०२४–२०२५’ कार्यक्रममा आधार शिविरसम्मको आफ्नो रमाइलो र अविस्मरणीय यात्राका बारेमा अनुभव सेयर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“मैले त्यहाँ जति शान्ति कतै भेटिन । संसारकै खतरापूर्ण विमानस्थल लुक्लाको अवतरण र उडान अनि अनुभवी पाइलटका कारण निकै रोमाञ्चक लाग्यो,” उनले वर्णन गरे । 

सगरमाथा आधार शिविरसम्म पुग्ने लक्ष्य लिएर गत सेप्टेम्बर २२ तारिख उनी काठमाडौं पुगेका थिए । तीन दिन काठमाडाैंमा बसेर उनी सेप्टेम्बर २५ तारिक लुक्ला उडेका थिए । 

Global Ime bank

“लुक्लादेखि आधार शिवीरसम्म पुग्न मलाई ८ दिन लाग्यो । किनकी त्यहाँको उचाईसँग शरिरलाई अनुकुल बनाउँदै जानुपर्ने अवस्था हुन्छ,” भोजनीले भने ।  फर्किँदा भने चार दिनमा लुक्ला आइपुगेका थिए । संसारकै ध्यान तानेको माउण्ट एभरेष्टको छेउसम्म पुगेर फर्किन पाउँदा आफूलाई निकै गर्व लागेको पनि उनले बताए । 

बेसक्याम्पमा केही घण्टा बस्दा उनले अमेरिकाको संघीय झण्डा, टेक्सस राज्यको झण्डा, नेपाल, पाकिस्तान, भारतका झण्डाहरुका साथमा फोटो खिचे । त्यहाँको वातावरणमा केही घण्टा रमाए । 

सगरमाथा आधार शिविर  समुद्र सतहबाट ५ हजार ३ सय ६४ मिटर (१७ हजार ५ सय ९८ फिट) को उचाईमा छ । 

bhojani1-1707121773.JPG
 

धेरै मानिसहरुलाई त्यहाँसम्म पुग्न पनि शरिरले साथ दिँदैन ।  किनकि उचाई बढेअनुसार वायुमण्डलमा अक्सिजनको मात्रा कम हुने भएकोले निकै गाह्रो बनाउँछ । तर आफूलाई कुनै कठिनाई नभएको भोजनीले उल्लेख गरे । 

नेपाली समुदायले आफूलाई सधै माया र सहयोग गरेको सन्दर्भ उल्लेख गर्दै उनले नेपाल भ्रमण गर्ने आफ्नो लामो समयदेखि अठोट रहेको समेत त्यस अवसरमा उल्लेख गरेका थिए । 

उनले सगरमाथा बेसक्याम्पसम्मको यात्राका क्रममा बाटो वरिपरि यत्रतत्र फोहोरहरु, चकलेट, चाउचाउ, बिस्कुटका खोलहरु देखिएकोले त्यो संकलन गर्दै हिँडेकोसमेत बताए । 

‘एक पटक सबैले जानुपर्ने ठाउँ रहेछ बेसक्याम्पसम्मको ट्रेकिङ्ग’ उनले सुनाए । 

पाकिस्तानी मुलका भोजनी सन् २०१७ मा पहिलो पटक युलेस सिटीको काउन्सिलम्यानमा निर्वाचित भएका थिए । त्यसपछि तीन वर्षे कार्यकाल समाप्त भएपछि उनी सन् २०२२ देखि टेक्सस राज्यको तल्लो सदनमा सांसद छन् । डिस्ट्रिक्ट ९२ मा उनले नेपालीहरुको अत्यधिक साथ र सहयोग पाएर डेमोक्रेटिक पार्टीबाट जितेका हुन् । 

कार्यक्रममा युलेस सिटीकी मेयर लिण्डा मार्टिनले आफू चाहेर पनि नेपाल जान नसक्ने अवस्था रहेको उल्लेख गर्दै बहुभाषिक, बहुसंस्कृतिको सिटीका रुपमा युलेस अघि बढिरहेको र त्यसमा नेपाली समुदायको ठूलो हात रहेको चर्चा गरिन् । 

त्यस अवसरमा सगरमाथा बेसक्याम्पसम्मको यात्रा गरेर फर्किएका नेपाली समाज टेक्ससका पूर्ब महासचिव कमल सत्याल, पूर्वअध्यक्ष बैकुण्ठ विक्रम थापा, मनोज कटुवाल, सुरज पौडेल, अजय बगाले लगायतले आफ्नो अनुभव सुनाएर उपस्थितहरुलाई जानका लागि प्रेरित गरेका थिए । 

कार्यक्रममा युलेस सिटी काउन्सिल सदस्य टिका पौडेलले नेपालमा सगरमाथादेखि लिएर पर्यटकहरुका लागि गुणस्तरीय यात्रा र अनुभवका असंख्य कुराहरु रहेको उल्लेख गरे । सन् २०२४/२५ मा अमेरिकाबाट धेरै पर्यटकहरुलाई नेपाल भ्रमणमा जान प्रेरित गर्नका लागि एनआरएनएले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईले उल्लेख गरेका थिए । 

त्यस अवसरमा इण्डियन कम्युनिटी ड्यालस फोर्टवर्थकी सुस्मा मलहोत्रा, एनआरएनएका उपाध्यक्ष नेत्र पाण्डे, पर्यटक समितिका संयोजक सबिन्द्र थापा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले नेपालमा पर्यटकले पाउने सुविधा र विशेषताका बारेमा चर्चा गरेका थिए ।

हिमालयखबरबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC