site stats
बाह्रखरी :: Baahrakhari
देश
प्याराग्लाइडिङको इजालतमा घुस लिएका उपसचिव नेपाल भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचारी ठहर गरेको छ । 

प्याराग्लाइडिङको इजाजत दिनका लागि ६ लाख घुस लिएका नेपाल हात्तीसारको अरन्य होटेलको कम्पाउन्डबाट पक्राउ गरेका थिए । प्राविधिक उपसचिव नेपाललाई विशेष अदालतले शुक्रबार ६ लाख जरिबाना र एक वर्ष कैद हुने फैसला गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपसचिव नेपालको साथबाट त्यसबेला थप १६ लाख ५० हजार रुपैयाँ फेला परेकोमा अनुसन्धान गर्दा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले ऋण दिएको खुलेको थियो । अख्तियारले उक्त रकम जपथ जफत गर्ने अनुमति माग्दै व्यावसायिक लाभका लागि ऋण दिने श्रेष्ठलाई समेत कारबाही दाबी गर्दै ०७९ असोज २ गते मुद्दा दायर गरेको थियो । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार फैसला गरी बीबी एयरवेजका श्रेष्ठलाई भने सफाइ दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्