site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामीको पोस्टमा अल नासरको आधा दर्जन गोल

काठमाडौं । अन्तर्राष्ट्रिय क्लब मैत्रीपूर्ण खेलमा साउदी अरेबियन क्लब अल नासरले मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामीविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।

बिहीबार साउदी अरेबियाको किङडम एरिनामा लियोनल मेसीको क्लबविरुद्ध जित दिलाउन अल नासरका टालिस्काले ह्याट्रिक गरे । ओटाभिओ, आयुमेरिक लापोर्टे र मोहमेद मरानले एक÷एक गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको तेस्रो मिनेटमै ओटाभियोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । १०औँ मिनेटमा टालिस्काले नासरको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि नै लापोर्टेको गोलमा अल नासरले अग्रतालाई ३–० मा पुर्‍यायो । योसँगै अल नासरले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

अल नासरले दोस्रो हाफमा तीन गोल थप्यो । ५१औँ मिनेटमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ४–० को अग्रतामा राखे । ६८औँ मिनेटमा मरानको गोलमा साउदी अरेबियन टिमले अग्रतालाई ५–० मा पुर्‍यायो । त्यसको पाँच मिनेटपछि टालिस्काले ह्याट्रिक गर्दा नासरले ६–० को जित निश्चित गर्‍यो ।

खेलमा चोटका कारण क्रिस्टियानो रोनाल्डो अल नासरको टिममा थिएनन् । इन्टर मियामीबाट मेसी ८३औँ मिनेटमा मात्र मैदानमा प्रवेश गरेका थिए ।

प्रि–सिजन मैत्रीपूर्ण फुटबल खेलिरहेको इन्टर मियामी हालसम्म विजयी हुनसकेको छैन । मियामीले यसअघि एल साल्भाडोरसँग गोलरहित बराबरी खेलेको थियो । एफसी डल्लाससँग १–० र अल हिलालसँग मियामीले ४–३ को हार व्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro