site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राहदानीमा ६० प्रतिशत विवरण राष्ट्रिय परिचयपत्रकै प्रयोग हुने, हैरानी कम होला ?
SkywellSkywell

काठमाडौं । राहदानी बनाउदा राष्ट्रिय परिचयपत्रकै विवरण प्रयोग गर्ने तयारी सुरु भएको छ । राहदानी विभागको तयारी अनुसार काम अगाडि बढे एक महिनामा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार राहदानी बनाउने काम सुरु हुनेछ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राहदानी बनाउन चाहिने ६० प्रतिशत विवरण परिचयपत्रकै प्रयोग गर्न सकिने बताएको छ । यसका लागि राहदानी विभागले आफ्नो प्रणाली (सिस्टम)मा परिचयपत्र इन्टिग्रेट (आवद्ध) गर्नुपर्छ । यो काम विभागले एक महिनामा सक्ने राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले जानकारी दिए । 

“यसका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभाग र राहदानी विभागको संयुक्त टोलीले काम गरिरहेको छ,” निर्देशक केशरीले भने, “राहदानी बनाउदा ६० प्रतिशत जति हाम्रै विवरण प्रयोग गर्नेगरी काम गरिरहेका छौँ ।”

Dabur Nepal
NIC Asia

राहदानी विभागको प्रणालीमा परिवर्तन गर्नुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ । “एक महिनामा प्रणालीमा परिवर्तन भयो भने इन्टिग्रेसनको काम अघि बढ्छ । हामी तयार नै छौँ । राहदानी विभागले एक महिना लाग्छ भनेको छ । त्यो भयो भने एक महिनापछि नतिजा आउला,” परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक केशरीले भने ।

एक ठाउँमा संकलन गरिएको नागरिकको विवरण सबै किसिमका सार्वजनिक सेवामा प्रयोग गर्ने उद्देश्यले राष्ट्रिय परिचयत्र ल्याइएको विभागले जनाएको छ । एकपटक राष्ट्रिय परिचयपत्र बनाउन आफ्नो सम्पूर्ण विवरण दिइसकेपछि अन्य सबै सरकारी निकायमा सोही डाटा प्रयोग गर्ने लक्ष्य रहेको विभागले बताउँदै आएको छ ।  

नागरिकको बायोमेट्रिकसहितको विवरण डिजिटल रूपमा राख्ने उद्देश्य  राष्ट्रिय परिचयपत्रको भए पनि सरकारी निकायले उद्देश्यअनुसार काम नगर्दा राहदानी बनाउन सेवाग्राहीले थप झन्झट मान्दै आएका छन् ।  

राहदानीको सिस्टमसँग परिचयपत्रको सिस्टमलाई आवद्ध गराएपछि  राहदानी बनाउन परिचयत्र बनाउनै पर्ने आवश्यकता छ । तर परिचयपत्र बनाउँदा दिएको विवरण राहदानीको सिस्टमले प्रयोग नगर्दा सेवाग्राहीले फेरि उस्तै विवरण दिनुपर्ने झन्झट व्यहोर्दै आएका छन् । यो झन्झटलाई हटाउन र परिचयपत्रकै ६० प्रतिशत विवरण राहदानी बनाउँदा प्रयोग हुने गरी काम अघि बढाइएको विभागले जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक कार्यक्रममा राहदानी र सवारीचालक अनुमतिपत्र बनाउनेदेखि अन्य सरकारी सेवा लिँदा नागरिकले सास्ती पाइरहेको भन्दै समाधानतर्फ लाग्न निर्देशन दिएका थिए । उनले पञ्जीरकण विभागलाई समेत राहदानीसँग इन्टिग्रेसनको काम अघि बढाउन निर्देशन दिएका थिए ।

२६ लाख परिचयपत्र कार्ड प्रिन्ट
पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रका करिब २६ लाख कार्ड छपाई भइसकेको बताएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २ लाख २५ हजारभन्दा बढी कार्ड वितरण भइसकेका छन् ।

१६ लाख ७० हजारभन्दा बढी कार्ड वितरणका लागि जिल्ला प्रशासन कार्याल्यहरूमा पठाएको विभागले जनाएको छ । विभागले हालसम्म राष्ट्रिय परिचयपत्र बनाउन करिब १ करोड ३७ लाख नागरिकको विवरण संकलन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu