site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष ढकालको सम्मानमा बिदाइ कार्यक्रम
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रूपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरूलगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो । 

सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा कृतज्ञता व्यक्त गरे ।

अध्यक्ष अग्रवालले चेम्बरको मूल्यमान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भूमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरे ।

प्रत्युत्तर मन्तव्यमा निवर्तमान अध्यक्ष ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro