site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अमेरिकी संसद्का लागि चुनाव लड्ने डा. ह्यारी भण्डारीको घोषणा
तस्बिर : डेलिगेट भण्डारीको फेसबुक पेजबाट । 

अमेरिका । मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस रेप्रिजेन्टेटिभ बने भने उनले अमेरिकी राजनीतिमा सबैभन्दा उच्चतम पदमा पुग्ने नेपाली मूलका अमेरिकीको रूपमा इनिहास रच्नेछन् । 

७७ वर्षीय कंग्रेसम्यान डच रपर्सबर्जरले पुनः निर्वाचनका लागि चुनाव नलड्ने र अवकाश लिने घोषणा गरेको तीन दिनपछि भण्डारीले पनि उक्त पदका लागि आगामी मे १४ मा हुने प्राइमरी चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभमा विभिन्न राज्यबाट निर्वाचित ४३५ जना सदस्य रहने व्यवस्था छ ।  अमेरिकाको संविधानअनुसार हाउस अफ रेप्रिजेन्टेटिभले अमेरिकाको संघीय कानुन बनाउने र पारित गर्ने काम गर्छ ।   

हाउस अफ डेलिगेट्समा पाँच वर्ष सेवा गरेपछि माथिल्लो कार्यालयको लागि चुनाव लड्नु स्वभाविक भएको उल्लेख गर्दै भण्डारीले सार्वजिनिक सेवाको आफ्नो प्रतिवद्धतालाई जारी राख्ने बताएका छन् । 

Global Ime bank

डा. भण्डारीले मेरिल्यान्ड राज्यको स्वास्थ सेवामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने आफ्नो प्राथमिकता भएको उल्लेख गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu