site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
माल्दिभ्सका सांसदबीच सदनमा लात्ती र मुक्का हानाहान

काठमाडौं । माल्दिभ्सको संसद्‌मा सांसदहरूबीच झडप भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच झगडा भएको हो ।

उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार र झगडा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

Dabur Nepal
NIC Asia

आइतबार त्यहाँ राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारका मन्त्रीको संसदीय अनुमोदन गर्ने कार्यक्रम तय थियो ।

पिपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)को सत्ता गठबन्धन र विपक्षी दल माल्दिभियन डेमोर्क्याटिक पार्टी (एमडीपी)का सांसदबीच झडप भएको बताइएको छ ।

एक भिडियोमा एमडीपीका सांसद इसा र सत्तारूढ पीएनसीका अब्दुल्लाह शाहिम अब्दुल हकीमबीच झगडा भएको देखिएको छ । अर्को भिडियोमा एक सांसदले सभामुखको कानमा ठूलो आवाज आउने हर्न बजाइरहेको देखिन्छ । कैयौँ सांसदले बैठक अवरुद्ध गरेको बताइएको छ ।

सत्ता गठबन्धनका सांसदले विपक्षीलाई सदनमा प्रवेश गर्न रोक लगाएपछि झगडा भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro