site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच २० मेगावाट क्षमताको माथिल्लो सेतीखोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने सम्झौता भएको छ । बैंकले सो कम्पनीले निर्माण गर्ने सेतीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरिएको हो ।

सो आयोजनाको कुल लागत चार अर्ब दुई करोड रुपैयाँ अनुमानित छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको भनाइ छ ।

अपर सेती हाइड्रोले ०७८ माघ १७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमतिपत्र लिएको र ०८० असोज १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवर्द्धकका रूपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना केसी ग्रुप रहेको छ ।

सो आयोजना निर्माणका निम्ति लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक÷संस्थापकको लगानी रहने जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro