site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कम्प्युटर इन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी विभागको परिचयपत्र शाखामा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचयपत्र सहजीकरणका निम्ति राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीलाई राहदानी बनाइदिने भन्दै रकम लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीका लागि सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

सुमी धामी भनिने सुमित्रा सापकोटाले भट्टराईलाई घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro