site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर बालेन र हर्कले गरेनन् मतदान, विश्लेषक भन्छन्– राजनीतिक चरित्र देखिँदैन 

काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन् । राष्ट्रियसभा निर्वाचनका निम्ति निर्धारित (बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म) समय सकिएको  छ ।

वाग्मती प्रदेशको मुकाम हेटौँडामा भएको मतदानमा मेयर बालेन सहभागी भएनन् । नयाँ प्रशासकीय अधिकृतसँग बैठक राखिएकाले उनी भोट हाल्न नगएको मेयर बालेनको सचिवालयले जानकारी गराएको छ ।

यस्तै, कोसी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यका निम्ति विराटनगरमा भएको मतदानमा कार्यव्यस्तता देखाउँदै धरानका मेयर साम्पाङले मतदान गरेनन् । “म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले बाह्रखरीसित भने ।

स्वतन्त्र निर्वाचित यी जनप्रतिनिधिले केन्द्र र प्रदेश सरकारका कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

जनप्रतिनिधि भएर भोट हाल्न नजानु आफ्नो जिम्मेवारी बहन नगरेको हुने राजनीतिक विश्लेषक प्रा. डा. लोकराज बराल टिप्पणी गर्छन् । “भोट हाल्न जान भ्याइनँ भनेर जिम्मेवारीबाट पन्छिएको देखियो । उहाँहरूले कि त बहिष्कार गर्नुपर्‍यो, भ्याइनँ भन्न सुहाउँदैन,” उनले भने ।

मेयर बालेन र हर्कमा राजनीतिक चरित्र नभएको उनको टिप्पणी छ । “उहाँहरूमा राजनीतिक चरित्र नै देखिँदैन,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro