site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफ्रिका कप अफ नेसन्स : मौरिटानियासँग पराजित हुँदा दुई पटकको च्याम्पियन अल्जेरिया बाहिरियो

काठमाडौं । मौरिटानियासँग १–० को हार बेहोरेपछि अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । 

दुई पटकको च्याम्पियनविरुद्ध मंगलबार राति आइभेरी कोस्टको स्टाड बाउकेमा सम्पन्न खेलमा जित दिलाउन मौरिटानियाका मोहमेद डेलाह यालीले निर्णायक गोल गरे । उनले ३७औं मिनेटमा गोल गर्दै मौरिटानियालाई अग्रता दिलाएका थिए । 

जितका बावजुद मौरिटानियाले प्रतियोगिताको नकआउट चरणमा भने स्थान बनाउन सकेन । तीन खेलबाट तीन अंक जोडेको मौरिटानियाले समूह ‘डी’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । 

प्रतियोगितामा जितविहीन अल्जेरियाले भने तीन खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा रहेर प्रतियोगिता टुंग्यायो । अल्जेरियाले सन् १९९० र २०१९ को संस्करण जितेको थियो । 

यो समूहबाट एन्गोलाले विजेता र बुर्किना फासोले उपविजेताको रुपमा अन्तिम–१६ को यात्रा तय गरेको छ ।  

मंगलबार नै भएको खेलमा एन्गोलाले बुर्किना फासोलाई २–० ले हराउँदै शीर्ष स्थान हासिल गरेको हो । एन्गोला तीन खेलबाट सात अंकसहित शीर्ष स्थानमा रह्यो । समान खेलबाट चार अंक जोड्दै बुर्किना फासोले समूहको दोस्रो स्थान ओगट्यो ।

प्रतियोगिताको समूह ‘सी’ बाट सेनेगल र क्यामरुनले नकआउट चरणमा स्थान बनाएका छन् । सेनेगलले गिनीलाई २–० ले हराउँदै समूहको शीर्ष स्थान हासिल गर्दा क्यामरुनले गाम्बियालाई ३–२ ले हराउँदै दोस्रो स्थान पाएको हो ।

यसै समूहका गिनी र गाम्बिया भने समूह चरणबाटै बाहिरिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro