site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भिजिट भिसाको नयाँ कार्यविधि : तीन पुस्ते प्रमाणपत्र र दुईतर्फी हवाई टिकट चाहिने 

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ ।

सोहीअनुसार आज मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि यात्रा परामर्श सूचना जारी गरेको छ ।

यससँगै २०७८ फागुन २५ मा जारी कार्यविधि निष्क्रिय भएको छ । यो जानकारी 'ट्राभल एड्भाइजरी'का रूपमा श्रम तथा रोजगार मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाइने मन्त्रालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि :

१) ६ महिनाको वैध अवधि भए‌को राहदानी ।

२) गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

३) दुईतर्फी हवाई टिकट ।

४) भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

५) भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड)।

६) संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार बर्डेन अफ प्रुफ सम्बन्धित व्यक्तिमा रहने छ । स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro