site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यास नगरपालिकामा पुनः मतगणना गर्नुपर्ने रिटमाथि सुनुवाइ जारी

पोखरा । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्नुपर्ने माग गरिएको रिटमाथि उच्च अदालत पोखरामा सुनुवाइ जारी छ । उच्चका न्यायाधीशद्वय मिलनकुमार राई र धनसिंह महराको संयुक्त इजलासमा मंगलबार सुनुवाइ सुरु भएको हो ।

०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बनेका दीपकराज जोशीले सोही वर्ष जेठ १२ गते रिट दायर गरेका थिए । मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्नुपर्ने माग उनले रिटमा गरेका छन् ।

जोशी नेपाली कांग्रेसका उमेदवार वैकुण्ठनाथ अर्यालसँग पराजित भएका थिए । उनले नेकपा (एमाले)को सहयोग पाएका थिए । कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएसँगै जोशीले निर्वाचन परिणामप्रति प्रश्न उठाएका थिए ।

त्यति बेला पुनः मतगणनाका निम्ति उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । निर्वाचन आयोगबाट न्याय नपाएको भन्दै जोशी अदालत गएका हुन् ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ, निर्वाचन आयोग र निर्वाचित नगर प्रमुख न्यौपानेलाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro