site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सांसद तोसिमा कार्कीले भ्रम सिर्जना गर्न खोजेको भन्दै समितिमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले जाजरकोट अस्पतालबारे भ्रम सिर्जना गर्न खोजेको भन्दै आपत्ति जनाइएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा डा. कार्कीले बोलेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेत सुवेदीले आपत्ति जनाएकी हुन् ।  

डा. कार्कीले जाजरकोटको नलगाडमा नयाँ अस्पताल आवश्यक नभएको धारणा बैठकमा राखेकी थिइन् । 

“जाजरकोट जिल्ला अस्पतालसँग एक घण्टाको दुरीमा रहेको नलगाडमा २२ करोड खर्च गरेर अस्पताल बनाउन सुरु गरिँदैछ रे, त्यो २२ करोड अहिले इन्भेस्ट गर्नु जरुरी नै छैन । त्यसको चार करोड जिल्ला अस्पतालमा हाल्नुस् न त्यहाँ उपकरण हालौँ, जनशक्ति हालौँ र त्यही अस्पताललाई सञ्चालन गरौँ” डा. कार्कीले बैठकमा भनेकी थिइन् । 

डा. तोसिमाको अभिव्यक्ति भ्रमपूर्ण र स्टनबाजीको रूपमा आएको सांसद बस्नेतले आरोप लगाइन् । 

“उहाँले भनेजस्तो सदरमुकामबाट एक घण्टा दुरीमा होइन धेरै विकट पालिका हो नलगाड, र डोल्पासँग पनि जोडिएको छ । बर्खामा गाडी चल्ने अवस्था हुँदैन । अस्थायी टहरा बनाउने क्रममा भीरबाट लडेर अस्पतालसम्म पुग्न नसकेको हामीले नै सुनेका हौँ, अनि त्यस्तो ठाउँमा अस्पताल आवश्यक छैन भनेर समितिमा भ्रम सिर्जना गर्न मिल्छ ?” सांसद बस्नेतले भनिन् । 

जाजरकोट जिल्ला अस्पतालमा डा. कार्कीले कुनै एनजीओको सहयोगमा जनशक्तिको व्यवस्थापन गरिदिएको विषयलाई स्टनबाजी गर्नु आवश्यक नरहेको भन्दै सांसद बस्नेतले आलोचना समेत गरिन् । 

“नलगाडमा आवश्यक छैन भन्नु पूर्वाग्रहपूर्ण छ, यसमा म आपत्ति जनाउन चाहन्छु र समितिमा भ्रम सिर्जना हुनेगरी राख्नु जरुरी छैन,” सुवेदीले समितिमा भनिन् । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro