site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुक र इन्स्टाग्राममा ‘दैनिक एक लाख बालबालिकामाथि यौन दुर्व्यवहार’

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा दैनिक एक लाख बालबालिकामाथि यौन दुर्व्यवहार हुने गरेको एक रिपोर्टले देखाएको छ । गएको साता सार्वजनिक मेटा कम्पनीको आन्तरिक विवरणले कैयौँ बालबालिकाले अनलाइन यौन उत्पीडनको सामना गरिरहेको देखाएको हो ।

अमेरिकाको न्यु मेक्सिको राज्यको महान्यायाधिवक्ता कार्यालयका अनुसार, मेटाका कर्मचारीबीच आदानप्रदान सूचनामा यस्ता विभिन्न विषय उल्लेख छ ।

ती कागजातमा सन् २०२० मा एप्पलका एक कार्यकारीकी १२ वर्षीया छोरीलाई इन्स्टाग्राम म्यासेजबाट दुर्व्यवहार गर्न खोजिएको जनाइएको छ ।

यी विभिन्न आरोपमा न्यु मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले गएको डिसेम्बर ५ मा मुद्दा अघि बढाएको थियो ।

गएको बुधबार यो विषय सार्वजनिक भएपछि मेटाले विज्ञप्ति जारी गर्दै आफ्ना प्लेटफर्मलाई बालबालिकाका निम्ति सुरक्षित बनाउन काम गरिरहेको जनाएको छ ।

यसका निम्ति विभिन्न किमिसका ३० उपकरण उपलब्ध रहेका र बालबालिकामैत्री प्लेटर्फम बनाउन एक दशकदेखि काम गरिरहेको मेटाको जिकिर छ । द गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro