site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एसिया बैंकको खराब कर्जा बढेसँगै घट्यो नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा एनआईसी एसिया बैंकको नाफा ४१.८४ प्रतिशतले घटेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ६ महिनामा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खराब कर्जा बढ्न र ब्याज आम्दानी घट्न पुग्दा बैंकको नाफामा असर परेको हो । वित्तीय विवरणअनुसार पुस मसान्तसम्म बैंकको खराब कर्जा १.९० प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिसम्म बैंकको खराब कर्जा ०.६१ प्रतिशत थियो ।

बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्म ६ अर्ब १६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ५४ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले लिन फि तथा कमिसन बापतको रकम भने वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म फि तथा कमिसन बापत एक अर्ब २० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब तीन करोड ९२ लाख रुपैयाँ खुद फि तथा कमिसन आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । उक्त शीर्षकमा बैंकले तीन अर्ब ५६ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको कर्जा लगानी तथा निक्षेप संकलन भने बढेको छ । कर्जा लगानी १२ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप संकलन २२ प्रतिशतले वृद्धि भएको छ ।

हाल बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ । बैंकले पुस मसान्तसम्म जगेडा कोषमा १६ अर्ब २७ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ५९ करोडभन्दा बढी ऋणात्मक छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro