site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालको इमर्जेन्सी : नर्स अभावमा थन्किए बेड, 'ग्रिन जोन' तीन महिनादेखि बन्द 

काठमाडौं । वीर अस्पतालको इमर्जेन्सीमा डेंगी महामारीका बेला एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिन्थ्यो, बिरामीको चापका कारण । अहिले पनि इमर्जेन्सीमा बिरामीको चाप कम भएको छैन, दैनिक सरदर ८० बिरामी आउँछन् ।

इमर्जेन्सी कक्षमा 'रेड जोन', 'एल्लो जोन' र 'ग्रिन जोन' छुट्याइएको छ; सिकिस्त, मध्यम र कम सिकिस्त बिरामीका लागि ।

पछाडिपट्टिको 'ग्रिन जोन' सुनसान छ । असरल्ल छन्, ११ वटा बेड । 'रेड' र 'एल्लो जोन'मा खटिएका चिकित्सक नर्सलाई दायाँबायाँ हेर्ने फुर्सद छैन । बिरामीका आफन्त जहाँ नर्स–डाक्टर भेट्यो, त्यही रोकेर सोध्न आतुर देखिन्छन् ।

Dabur Nepal
NIC Asia

Yellow-Zone-1705672414.jpg
 

"बेड पो घटाइयो, बिरामीको चाप त उस्तै छ नि," थकित मुद्रामा ड्युटीका एक मेडिकल अफिसर भन्छन् ।

तीन महिनादेखि यस्तै छ, वीर अस्पतालको इमर्जेन्सीको अवस्था । 

इमर्जेन्सी बेड संख्या ४० बाट घटाएर २९ मा झारिएको छ । बत्तिसजना नर्सले चलाइरहेको कक्ष २२ जनामा सीमित भएको छ । नर्सिङ स्टाफ नपुग्ने भएपछि 'ग्रिन जोन' बन्द भएको हो । चलेका दुईवटा जोन धान्न २२ जना नर्सलाई हम्मेहम्मे पर्छ ।

कोभिडकालमा करारमा राखिएका चिकित्सक, प्राविधिकसँगै १४९ जना स्टाफ नर्स स्वास्थ्य मन्त्रालयको आदेशमा असोज २१ गतेदेखि हटाइए । निकालिनेमा अधिकांश इमर्जेन्सी, आईसीयू र शल्यक्रिया कक्षमा खटिने खटिएका स्टाफ नर्स परे ।

बाह्रजना मेडिकल अफिसर त थपिए, तर नर्स थपिएनन् । "अहिले नर्स अभावकै कारण ग्रिन जोन बन्द गर्नुपरेको छ । इमर्जेन्सी सेवा खुम्चिएको छ," वरिष्ठ कन्सल्टेन्ट डा. उत्तम पच्याले भने ।

'रोड जोन'मा एकजना बिरामीलाई एक नर्सले हेर्नुपर्ने मापदण्ड छ । तर, वीरमा एक नर्सले ६ जनासम्म हेर्नुपर्छ । 'एल्लो जोन'मा एकजना नर्सले १८ जनासम्म बिरामी हेरिरहेका छन् ।

Bir-Hospi-1705672407.jpg
 

“आईसीयू खाली नहुँदा कतिपय बिरामीलाई इमर्जेन्सीमा नै आईसीयूसरह केयर गर्नुपर्छ । तर, एकजनाले ६ जना जटिल बिरामीको कसरी ख्याल गर्नु, बिरामी आईसीयूमा नसारेसम्म केही होला कि भनेर मुटु ढुकढुक गरिरहन्छ," एक स्टाफ नर्स भन्छिन् ।

'ग्रिन जोन' बन्द हुँदा त्यसमा राख्नुपर्ने बिरामी पनि 'एल्लो जोन'मा थपिने गरेका छन् । बर्खायाममा इमर्जेन्सीमा बिरामीको संख्या दैनिक २०० सम्म पुग्ने गर्छ । नर्स पर्याप्त नहुँदा विशेष गरी जटिल बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ । 

"इमर्जेन्सीमा तीन सिफ्टमा ड्युटी हुन्छ । तर, बिरामीको चाप हुँदाहुँदै ड्युटी सकियो भनेर हिँडिहाल्न मिल्दैन । ओभर टाइम ड्युटी गर्दा हाम्रै साथीहरू बिरामी परिरहन्छन्, फेरि पालो दिने कसले त ?," इमर्जेन्सी नर्सिङ इन्चार्ज सीमा राउत गुनासो गर्छिन् ।

त्यसो त इमर्जेन्सीमा जनशक्ति अभावको विषयलाई लिएर इमर्जेन्सी इन्चार्ज डा. अच्युत कार्कीसहितको टोली पटकपटक अस्पताल प्रशासनसम्म नपुगेको होइन । आफूहरूले निर्देशक डा. सन्तोष पौडेललाई लिखितरूपमा नै ध्यानाकर्षण गराएको डा. पच्या बताउँछन् ।

Bir-Hospital-Bed-1-1705672406.jpg
 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीले पटकपटकको छलफलमा आर्थिक अवस्थाकै कारण जनशक्ति थप गर्न नसकिएको बताउने गरेको डा. अच्युत कार्कीको भनाइ छ । 

नर्सिङ जनशक्ति कटौतीको असर उनीहरूलाई हटाइएकै दिनदेखि देखिन थालेको अस्पताल निर्देशक डा. पौडेल बताउँछन् । जनशक्ति कटौतीले सर्जिकल भवनदेखि इमर्जेन्सीसम्मका सेवा नराम्रोसँग प्रभावित भएको उनी बताउँछन् । यद्यपि, नयाँ नर्स थप्न जनशक्ति उपलब्ध गराउन सबै तहबाट प्रयास भइरहेको डा. पौडेलको भनाइ छ ।

पछिल्लोपटक न्याम्स अन्तर्गत २६ जना स्टाफ नर्स मागिएकोमा झन्डै १२ सय आवेदन परेका छन् । तर, न्याम्सले तिनको छनोट प्रक्रिया छिटोछरितो रूपमा अघि नबढाउँदा नर्सिङ जनशक्ति बढ्न सकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro