site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रङ पोत्न र साइन बोर्ड राख्न दुई करोड तीन लाख खर्च
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ सञ्चालन गर्न दुई करोड तीन लाखभन्दा बढी खर्च भएको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्मका सडकमा लाइन र रङ पोतेर द्रुत बस सेवाका निम्ति लेन छुट्ट्याइएको थियो । केही ठाउँमा साइन बोर्ड पनि राखिएका थिए । सोही कार्यका लागि दुई करोड तीन लाख ७१ हजार रुपैयाँ खर्च भएको हो ।

सडकमा लेन छुट्याउने काम काठमाडौं सडक डिभिजन र सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले गरेको थियो ।

Dabur Nepal
NIC Asia

रत्नपार्कदेखि जडिबुटी पुलसम्मको काम काठमाडौं सडक डिभिजन कार्यालयले गरेको थियो । त्यसका लागि ९९ लाख ७१ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

जडिबुटीबाट सूर्यविनायकसम्मको  काम सूर्यविनायक–धुलिखेल सडक आयोजनाले गरेको थियो । त्यसका लागि एक करोड तीन लाख रुपैयाँ खर्च भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बताए ।

यसरी दुवै पक्षले रत्नपार्क–सूर्यविनायक सडकमा द्रुत बसका लागि लेनमा रङ लगाउने र साइन बोर्ड राख्ने काममा दुई करोड तीन लाख ७१ हजार रुपैयाँ खर्च गरेको हो ।

तीन कम्पनीलाई दिइएको थियो ठेक्का
लेन तयार पार्नका लागि तीन वटा कम्पनीलाई काम दिइएको छ । जसमा अनिता विजनेस हाउस, केएएम कन्सट्रक्सन, र सौरभ आर्टस एन्ड मिडिया रहेका छन् ।

काठमाडौं सडक डिभिजनका लागि सौरभ आर्टस एन्ड मिडियाले साइन बोर्ड राख्ने काम गरेको थियो । अनिता विजनेस हाउस र केएएम कन्सट्रक्सनले बाँकी काम गरेको डिभिजन कार्यालयले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका लागि भने सबै काम केएएम कन्सट्रक्सनले नै गरेको आयोजना कार्यालयले बताएको छ ।

गत असोज ३ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

रत्नपार्कदेखि सूर्यविनायक रुटको यात्रा ४५ मिनेटमा पूरा गर्ने उद्देश्यले बिहान ९ देखि ११ र दिउँसो ४ देखि साँझ ६ बजेसम्म बस चलाउने गरी सेवा सञ्चालन गरिएको थियो ।

गत मसिंर १० गतेदेखि प्रत्येक दिन बिहान ८ः३० बजेदेखि तीन/तीन मिनेटको फरकमा बस छुट्ने गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro