पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ चन्द्रागिरि न्यू डायमण्ड र एपीएफ फाइनलमा भिड्ने भएको छ ।
डायमण्डले नेपाल पुलिसलाई सोझो सेटमा हराएर फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्डले २५–१९ ले पहिलो सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको हो । बिहीबार बिहानको पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीको रोचक प्रतिस्पर्धा रह्यो ।
नेपाल आर्मीले दुई सेट आफ्नो पक्षमा पारिसकेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एपीएफले खेल आफ्नो पोल्टामा पार्न सफल रह्यो ।
आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा आर्मी पछि पर्यो । उक्त सेटमा आर्मी १२–२५ ले पछि पर्यो । चौथो सेटमा समेत आर्मी १६–२५ ले पछि पर्यो ।
अन्तिम सेटमा १३–१५ को हार व्यहोर्दा फाइनल प्रवेशबाट रोकिएको हो । फाइनल खेल भोलि (शुक्रबार) हुनेछ ।