देश
चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, भरतपुर–१ का २६ वर्षीय दीपक विक र भरतपुर–२६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।
रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएको उनीहरूमाथि आरोप छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार, उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १२:२०
प्रतिक्रिया दिनुहोस्