site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साविक विजेता कतारको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । ताजकिस्तानलाई १–० ले हराउँदै साविक विजेता कतारले एएफसी एसियन कपमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार अल खोरस्थित अल बायत रंगशालामा घरेलु टिमलाई जित दिलाउन अक्रम अफिफले गोल गरे । अफिफले खेलको १७औँ मिनेटमा गरेको गोल नै नतिजामा निर्णायक बन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

८१औँ मिनेटमा अमाडोनी कामोलोभले रातो कार्डको दर्शक गरेपछि ताजकिस्तान १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको कतार समूह ‘ए’को शीर्ष स्थानमा छ । कतारले पहिलो खेलमा लेबनानलाई ३–० ले हराएको थियो । समान खेलबाट एक अंकको ताजकिस्तान तालिकाको तेस्रो स्थानमा छ ।

Global Ime bank

बुधबार नै भएको अर्को खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूहमा चीन दोस्रो र लेबनान पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय