site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पल्सर स्पोर्ट्स अवार्डको मिति सर्‍यो, पिपल्स च्वाइसको मनोनयन सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँचजना मनोनयन सार्वजनिक भएको हो । अवार्डको २०औँ संस्करण आगामी माघ २८ गते हुँदैछ । यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ । 

मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको डेब्यू सिजनमै च्याम्पियन बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए । 

करातेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए । 

Global Ime bank

काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । 

टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् । 

यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ । 

इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । 

भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी इसेवासँग बुधबार नै एक कार्यक्रमबीच सम्झौता भएको छ । इसेवाका तर्फबाट चिफ विजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

Samjhauta-1705489179.jpg
 

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्च र इसेवाबीचको यो लगातार चौथो वर्षको सहकार्य हो ।

मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । 

यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । 

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले समान एक थान बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन् । 

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा इ–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटेल, रोयल सिंगी होटेल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् । 

पिपल्स च्वाइसको मनोनयनमा पर्न सफल खेलाडीहरू :

१. निरुता ठगुन्ना (भलिबल)
–नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

–केएनपी नेरोल्याक छैटौँ राष्ट्रिय महिला भलिबलको उत्कृष्ट स्पाइकर

–१९औँ एसियाली खेलकुदमा सहभागी

–काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो हुँदै कांस्य पदक विजेता

–घरेलु भलिबलमा एपीएफबाट खेल्ने

–केशवलाल स्मृति महिला भलिबल उपाधि

–केशललाल स्मृति महिला भलिबलमा सर्वोत्कृष्ट खेलाडी घोषित ।

२. अनन्त तामाङ (फुटबल)
–चर्च ब्वाइज युनाइटेडलाई सहिद स्मारक ए डिभिजन लिगको डेब्यू सिजनमै च्याम्पियन बनाउने कप्तान

–सहिद स्मारक ‘ए’ डिभिजन लिगको मोस्ट भ्यालुएबल प्लेअर

–नेपाल सुपर लिग २०२३ मा ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउने कप्तान

–नेपाल सुपर लिग २०२३ को मोस्ट भ्यालुएबल प्लेअर

–प्राइम मिनिस्टर कप थ्री नेसन्स फुटबलको उपाधि विजेता टोलीको सदस्य

–प्राइम मिनिस्टर कप थ्री नेसन्स फुटबलमा एक गोल । लाओसविरुद्ध २–० को जितमा एक गोल गर्न सफल

–इन्डियन सुपर लिग २०२२ (आईएसएल) खेल्ने नेपालको पहिलो नेपाली खेलाडी)

–साफ च्याम्पियनसिप २०२३ (भारत) खेलेको टिमको सदस्य ।

 ३. सिक्का सुवाल (टेबलटेनिस)
–डबल्समा राष्ट्रिय च्याम्पियन

–राष्ट्रिय खेलकुद महिला एकलमा तेस्रो

–राष्ट्रिय खेलकुद टिम इभेन्टमा रजत

–विश्व महिला टेबलटेनिस वरीयतामा ५१० सम्म पुग्न सफल

–स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०८० विजेता

–होङचाउ एसियन गेम्समा सहभागी

–दक्षिण कोरियामा भएको एसियन च्याम्पियन्सीपमा सहभागी ।

 ४. विप्लवलाल श्रेष्ठ (कराते)
–इन्डोनेसियाको जाकर्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदक जितेका

–त्यसलगत्तै चीनको हाङचउमा भएको १९औँ एसियाली खेलकुदमा दुई वाउट जित्न सफल

–गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमितेको खुल्ला तौलतर्फ स्वर्ण विजेता

–पहिलो एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पियनसिपमा पनि स्वर्ण विजेता ।

५. रजनी श्रेष्ठ (शारीरिक सुगठन)
–शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो, भन्ने मान्यतालाई चिर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल ।

–सन् २०२३ मा इन्डोनेसियामा भएको एसियन बडी बिल्डिङ च्याम्पियनसिपकी स्वर्ण पदक विजेता ।

–सन् २०२३ मा नेपालमा भएको ५३औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा रजत र कांस्य पदक विजेता

–एसियन बडी बिल्डिङ २०२३ मा ५५ केजी तौलमाथि समूहमा स्वर्ण पदक विजेता

–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कांस्य पदक विजेता ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement