site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाइगर कप भलिबल : गण्डकी र हरियाणा बाहिरिए

पोखरा । पोखरामा जारी टाइगकर कप भलिबल प्रतियोगिताबाट गण्डकी र हरियाणा बाहिरिएका छन् । 

बुधबार बिहान भएको खेलमा विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ कुल पाँच अंकसहित सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो सेट २५–१६, दोस्रो २५–९ र तेस्रो सेटमा २५–१७ को नतिजा निकाल्दा गण्डकी भने बाहिरिन पुगेको हो ।

महिला भलिबलतर्फ नै समूह ‘बि’को अन्तिम खेलमा भारतीय टोली हरियाणा खेलबाट बाहिरिएको छ । चन्द्रागिरि न्यू डायमन्डले पनि हरियाणालाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१७ ले न्यू डायमन्डले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ सहित डायमन्डले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । 

यो समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको दुई अंक छ । समूह ‘ए’ बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

अब यी चार टिम सेमिफाइनलमा भिड्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro