site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यमनका हुथी विद्रोहीले गरे लालसागरमा व्यापारिक ढुवानीमा आक्रमण

काठमाडौं । यमनको हुथी सशस्त्र समूहले सोमबार अडेनको खाडीमा अमेरिकी जहाजमा गरिएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले सो अमेरिकी जहाजमा गरिएको आक्रमणको जिम्मेवारी आफूहरूले लिएको बताए ।

हुथी समूहले अब देशविरुद्धको आक्रामकतामा भाग लिने सबै अमेरिकी र बेलायती जहाज र युद्धपोतहरूलाई शत्रुतापूर्ण लक्ष्यका रूपमा लिने उनले चेतावनी दिए ।

यसैबीच, समूहका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामले इजरायल जाने जहाजहरूमा समूहको आक्रमण जारी रहने बताए । उनले हुथीले आफ्नो स्थिति स्पष्ट गर्न अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी गरिरहेको बताए । इजरायल जानेबाहेक सबै जहाजहरूका निम्ति ‘नेभिगेसन’ सुरक्षित रहेको उनले उल्लेख गरे ।

आफ्नो समूहले थप द्वन्द्व नखोजेको र अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको आरोप उनले लगाए ।

एक यमनी सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा सरकारले हुथीहरूले प्रहार गरेका क्षेप्यास्त्र पनि पत्ता लगाएको र तिनीहरूमध्ये केहीले आफ्नो लक्ष्य गुमाएर दक्षिणी यमनका पहाडहरूमा खसेको बताए । असफल प्रक्षेपणले त्यहाँका बासिन्दालाई आतंकित बनाएको भए पनि कसैलाई चोटपटक नलागेको उनको भनाइ छ ।

यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् । साउदी अरेबिया नेतृत्वको गठबन्धनले २०१५ मा यमनी सरकारको समर्थनमा द्वन्द्वमा हस्तक्षेप गरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro