site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०२३ मा चार वर्षयताकै बढी चिकित्सक विदेशिए, सबैभन्दा धेरै अमेरिका 

काठमाडौं । सन् २०२३ मा चार वर्षयताकै धेरै चिकित्सक विदेशिएका छन् । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रगति विवरणमा सो वर्ष दुई हजार ५०० बढीले असल चारित्रिक प्रमाणपत्र लिएको उल्लेख छ । 

सन् २०२३ मा दुई हजार ५८२ जनाले असल चारित्रिक प्रमाणपत्र (गुड स्टयाण्डिङ  सर्टिफिकेट) लिएका छन् । जुन चार वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो । 

सन् २०२० मा एक हजार ८७ जनाले सो प्रमाणपत्र लिएकोमा सन् २०२१ मा एक हजार ५०२ जनाले लिएका थिए । यस्तै, २०२२ मा दुई हजार १८९ ले सो प्रमाणपत्र लिएका हुन् । 

सबैभन्दा धेरै अमेरिकाका लागि एक हजार ८८८ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन् । दोस्रोमा यूकेका लागि एक हजार ५७८ जनाले सो प्रमाणपत्र लिएका छन् । 

यीबाहेक चिकित्सक धेरै जानेमा माल्दिभ्स, भारत, यूएई, अष्ट्रेलियालगायत मुलुक रहेको काउन्सिलको विवरणमा उल्लेख छ । सो प्रमाणपत्र विदेश अध्ययन, काम गर्न जान र नेपालमै समेत बढुवाका लागि प्रदान गर्ने गरिएको छ । 

doctor-(2)-1705300709.JPG

doctor-(1)-1705300709.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro