site stats
बाह्रखरी :: Baahrakhari
देश
गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसित मागियो रकम
दुरुपयोग गरिएको भनिएको ह्वाट्सएस आईडीको तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर रकम ‘असुली’को घटना सार्वजनिक भएको छ । अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको हो ।

यो घटनापछि राष्ट्र बैंक नेपाल प्रहरीको साइबर ब्युरो गुहार्न पुगेको छ । ९८१४४८६४४९ मोबाइल नम्बर भएको ह्वाट्सएप आईडीमा गभर्नर अधिकारीको फोटोसहितको नाम राखेर दुरुपयोग गरिएको भन्दै राष्ट्र बैंकले सचेत रहन समेत आग्रह गरेको छ ।

अधिकारीको फोटो दुरुपयोग गरी रकम माग्नेमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए । “यो सिरियस इस्यु छ, हामी अनुसन्धानमा जुटेका छौँ,” उनले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu