site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोला टिप्न पर्याप्त न्यायाधीश नभएपछि आलमको मुद्दा स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । सात न्यायाधीश भएको रौटहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्र उपस्थित थिए । 

आलमको मुद्दा रहेको फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले टिपेनन् । त्यसैले आलमको मुद्दा स्थगित सूचीमा परेको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । 

आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको आलमको मुद्दा गोला नतानिएपछि स्थगितमा परेको हो । सात न्यायाधीश भएको रौतहटमा ‘क’ नम्बर न्यायाधीश मातृकाप्रसाद मरासैनी उच्च अदालतको न्यायाधीशमा सिफारिस भइसकेका छन् । 

अन्य दुई न्यायाधीशको सरुवा भएको छ भने थप दुईजना बिदामा थिए । आइतबार पेसीमा गोला टिप्ने न्यायाधीशहरू तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्र बाँकी थिए । 

उनीहरूले फाँट नम्बर ५ को गोला नटिपेपछि न्यायाधीश अभावले आलमको मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित भएको हो । श्रेस्तेदार ढोडारीले आजको स्थगित भए पनि अर्को महिनाभित्रै आलमको पेसी चढ्ने र अन्तिम सुनुवाइ हुने जानकारी दिए ।

पहिलो संविधानसभाको चुनावको एकदिनअघि रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले आलमविरुद्ध पक्राउ गरेको थियो । आलमसँगै शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताव आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दा २०७६ साल कात्तिक १८ गते दर्ता भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro