site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ किलो चरेससहित पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । आठ किलो ८०० ग्राम अवैध लागुऔषध चरेससहित मकवानपुरबाट पाँचजना पक्राउ परेका छन् । गए राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ४० वर्षीय रामनारायण श्रेष्ठ, बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का २१ वर्षीय याकुब खान, बाराकै परवानीपुर गाउँपालिका–३ का २० वर्षीय मुकेश राम भनिने मुस्की राम, पर्साको वीरगन्ज महानगरपालिका–२१ का २० वर्षीय ईरमान आलम र सोही ठाउँका २१ वर्षीय सोयल मियाँ छन् ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना३च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई प्रहरीले टोलीले मनहरी–७ बाट ३०० ग्राम चरेससहित पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा याकुबले उक्त लागुऔषध रामनारायणसँग लिएको खुलेको थियो । उनको घरबाट थप आठ किलो ५०० ग्राम चरेस बरामद गरिएको थियो ।

त्यसपछि रामनारायण र कारमा सवार याकुबलगायत व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro