विदेश
काठमाडौं । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ ।
चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २०० भन्दा बढी व्यक्ति फसेका थिए ।
उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ । दुई घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० ११:३६
प्रतिक्रिया दिनुहोस्