काठमाडौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान सुदूरपश्चिम र कर्णालीप्र देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौंमा आज बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियसको बीचमा पुग्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।