site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : अध्यक्ष लिङ्देन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् । 

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोसी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताए । आफू देशबाहिर भएको बेलामा कोसी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पारे । 

उनले भने, "सभामुखमा हामी कोसीमा मात्रै सहभागी भएको होइन । योभन्दा अगाडि नै वाग्मतीमा पनि छ हाम्रो सहभागिता छ । लुम्बिनी प्रदेशमा उपसभामुखको रूपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन । तर अहिले परिवर्तित सन्दर्भमा कोसी प्रदेशमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो । हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो । म देश बाहिर भएको बेलामा हाम्रो कोसी प्रदेशका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो । त्यस विषयमा विभिन्न मतहरु छन् । एकथरी साथीहरुको चर्को स्वरमा त्यो सहभागी हुनुहुँदैन थियो । तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ । अर्कोतर्फ हामी सहभागी हुनुपर्ने भन्ने छ ।" 

Royal Enfield Island Ad

यी सबै विषयमा म अहिले पक्ष विपक्षमा कुरा गर्नुभन्दा पनि हाम्रो केन्द्रीय कार्यसमितिको बैठकपछि यसलाई उचित निर्णयमा छौँ ।’

अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताए । उनले शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्नेगरी आन्दोलन गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro