site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘कन्टेन्ट क्रियटर’लाई सात विधामा अवार्ड प्रदान गरिने 

काठमाडौं । ‘कन्टेन्ट क्रियटर’हरूलाई विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ । 

अपट्रेन्ड्ली मिडिया र कान्तिपुर पब्लिकेसनको आयोजना र पेन्ट ह्वाउस, द लाव्न, हाड्रक क्याफे र नेपाल पर्यटन बोर्डको सहकार्यमा अवार्ड कार्यक्रम गर्न लागेको बताइएको छ । 

विभिन्न सात विधामा अवार्ड प्रदान गरिने कम्पनीका सीईओ मनायक कार्कीले जानकारी दिए । अवार्डमा सहभागिता हुन ‘कन्टेन्ट क्रियटर’ले जनवरी १८ सम्ममा आवेदन दिन सकिन्छ ।  

सहभागीमध्येबाट पहिलो चरणमा प्रत्येक विधामा पाँच–पाँचजनालाई छनोट गर्नेछ । कन्टेन्ट क्रियटरहरूले पठाएको कन्टेन्टमा लाइक, कमेन्ट, भिवर्स, रिचलाई आधार बनाएर छनोट गरिने सीईओ कार्कीले जानकारी दिए । 

आवेदन परेका मध्येबाट पहिलो चरणमा सात विधामा ३५ जना छनोट गरिने छ । जुरी टिमले प्रत्येक विधाको पाँचजनाबाट उत्कृष्ट कन्टेन्ट क्रियटर छनोट गर्नेछ । त्यसपछि उनीहरूलाई अवार्ड प्रदान गरिने सिनियर कन्टेन्ट स्टाटेजिस सुजनाराज गुरुङले बताइन् । 

कन्टेन्ट क्रियटरहरूलाई प्रोत्साहनका लागि अवार्ड कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । 

प्रविधिको विकाससँगै व्यापार व्यवसायलाई प्रचारप्रसार गर्ने माध्यमका रूपमा नयाँ नयाँ प्लेटफर्म आइरहेको छ । ती प्लेटफर्मलाई माध्यम बनाएर व्यवसायलाई प्रचारप्रसार गर्नको लागि कन्टेन्ट क्रियटरहरूको महत्त्वपूर्ण भूमिका रहेको गुरुङले बताइन् ।

कन्टेन्ट क्रियट पनि गर्नु आफैँमा पेसा बन्दै गएको गुरुङ बताउँछिन् । उनीहरूलाई हौसला र प्रोत्साहन गर्न अवार्ड गर्न लागेको गुरुङले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro