देश
काठमाडौं । भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ ।
आज गृहमन्त्रालयमा गृहमन्त्रीसहित श्रममन्त्री, गृह/परराष्ट्र/शिक्षा/श्रम सचिव र सम्बद्ध पदाधिकारीको बैठकमा भिजिट भिसालाई थप सहज र व्यवस्थित बनाइने विषयमा छलफल भएको हो ।
बैठकले यसबारे छिट्टै नयाँ निर्णय गरिनुपर्ने र प्रधानमन्त्रीसँगको परामर्शपछि अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० २०:११
प्रतिक्रिया दिनुहोस्