site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आजियाटाले एनसेलको सेयर खरिदबिक्री विवरण अझै बुझाएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री स्वीकृतिका निम्ति नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा अझै निवेदन बुझाइएको छैन ।

एनसेलको मुख्य कम्पनी आजियाटाले गएको डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । हालसम्म कम्पनीले सेयर खरिदबिक्रीका निम्ति प्राधिकरणबाट स्वीकृति भने लिएको छैन ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) को (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) अनुरूप दूरसञ्चार सेवा कम्पनीले पाँच प्रतिशतभन्दा बढी सेयर खरिदबिक्री गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोहीअनुसार अनुमित लिने भनिए पनि हालसम्म निवेदन पेस नगरिएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले बिहीबार जानकारी दिए । एनसेलले प्राधिकरणलाई सेयर खरिदबिक्रीको विवरण भने बुझाएको छ ।

आजियाटाले उद्योग विभागलाई भने आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको जानकारी गराइसकेको विभागका महानिर्देशक बाबुराम गौतमले बताए ।

Global Ime bank

आजियाटाको बेलायतमा रहेको कम्पनी आजियाटा यूके लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको जनाएको थियो । स्पेक्ट्रलाइट यूके लिमिटेड नेपाली मूलका व्यापारी सतिशलाल आचार्यको कम्पनी हो ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार, एनसेलको ८० प्रतिशत सेयर विदेशी कम्पनी रेनोल्ड्स होल्डिङको नाममा छ । सोही कम्पनीको स्वामित्व आजियाटा यूकेले स्पेक्ट्रलाइट यूकेलाई बेचेको हो ।

एनसेलको २० प्रतिशत सेयर नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ ।

अस्वाभाविक मूल्य र प्रक्रियामा सेयर खरिदबिक्री भएको देखिएपछि यो विषयले देशव्यापी चर्चा पाएको थियो । सरकारले एनसेलको सेयर खरिदबिक्री प्रक्रियामा छानबिनका निम्ति उच्चस्तरीय समिति गठन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement