site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरायसी विवादपछि छोराको हत्या, बुवा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इलाममा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा माई नगरपालिका–६, बिहीबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

घरायसी विवादको क्रममा दिलकुमारले छोरालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro