site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नापी कार्यालयका तत्कालीन निरीक्षकसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बुटवलस्थित नापी कार्यालयका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले गैरकानुनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नापी कार्यालय बुटवलका तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर कालाथापा र जग्गाधनी मानप्रसाद श्रेष्ठ छन् । 

बुटवल उपमहानगरपालिका–१३ को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरूसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरूले अनियमितता गरेको भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय