site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बोर्डलाई स्वायत्त बनाउन माग गर्दै आठवटा संस्थाले बुझाए सञ्चारमन्त्रीलाई सुझावपत्र
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन माग गर्दै चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न आठवटा संघसंस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष सुझाव पेस गरेका छन् । स्वायत्त चलचित्र विकास बोर्डको मागसहित प्रस्तावित चलचित्र विधेयकमा सरोकारवाला आठवटा संघसंस्थाले सञ्चारमन्त्री रेखा शर्मासमक्ष सुझावपत्र पेस गरेका हुन् ।

सुझावमा बोर्डलाई स्वायत्तता प्रदान गर्नुपर्ने, मन्त्रालयअन्तर्गत रहेको सेन्सर बोर्डलाई चलचित्र विकास बोर्ड मातहत ल्याउनुपर्ने, बोर्ड र सेन्सर बोर्डमा पदाधिकारी नियुक्त गर्दा सरोकारवाला निकायको रायसुझावका आधारमा गर्नुपर्ने, नेपाली चलचित्रलाई प्रदर्शनमा प्राथमिकता दिनुपर्नेलगायत छन् ।

संशोधित विधेयक, २०८० को मस्यौदा बुझाउँदै चलचित्रकर्मीहरूले विधेयक संशोधन गर्दा आफ्ना माग समेट्न आग्रह गरेका छन् ।

Agni Group
NIC Asia

“हाम्रो मुख्य माग बोर्डलाई स्वायत्तता प्रदान गर्नुपर्छ भन्ने हो । बोर्ड स्वायत्त भयो भने धेरै कुरा मिल्छ,” चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बाह्रखरीसँग भने, “राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्ति हुनुहुँदैन भनेका छौँ । सेन्सर बोर्डमा सदस्य नियुक्ति  चलचित्र क्षेत्रका संघसंस्थाको सिफारिसमा मात्रै हुनुपर्ने  सुझाव मन्त्रालयलाई बुझाएका छौँ ।”

चलचित्रकर्मीको वृत्ति विकासलगायत धेरै कुरा सुझावपत्रमा उल्लेख गरेको उनले बताए ।

Global Ime bank

कलाकार संघ, निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघलगायत आठवटै संस्थाले संयुक्तरूपमा मन्त्री शर्मासमक्ष सुझावपत्र बुझाएका हुन् । 

सुझावपत्र बुझ्दै मन्त्री शर्माले आफू चलचित्रकर्मीका माग सम्बोधनका लागि सकारात्मक रहेको बताएको अध्यक्ष निरौलाले जानकारी दिए ।

“मन्त्रीज्यूले मन्त्रालय चलचित्रकर्मी र चलचित्र क्षेत्रको विकास र उत्थानमा सहयोग गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो,” निरौलाले भने, “तपाईंहरूले सुझाव दिन केही ढिलो गर्नुभयो । यद्यपि, अध्ययन गरेर शंसोधन गर्न सकिने बुँदामा संशोधन गर्ने छौँ ।”

हाल नपाली चलचित्र उद्योग चलचित्र ऐन, २०२६ अन्तर्गत सञ्चालन हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu