site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चुनाव हारेका र लाभको पद पाएकालाई उमेदवार नबनाउन माग 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा नेताहरूले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड बनाउन माग गरेका छन् । आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा निर्वाचन हारेका र लाभको पदमा पुगेका व्यक्ति उमेदवार बन्न नपाउने गरी मापदण्ड बनाउनुपर्नेमा जोड दिइएको हो ।

“चुनाव हारेका र पटक–पटक लाभको पदमा पुगेका व्यक्तिहरूलाई उमेदवार नबनाऔँ, उमेदवारको मापदण्ड तोकेर जाऔंँ भन्ने कुरा उठेको हो । तर, उमेदवारबारे निर्णय गर्ने अधिकार तीन नेतालाई नै दिइएको छ,” उपाध्यक्ष केशवलाल श्रेष्ठले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभामा रिक्त हुन लागेका मध्ये एकीकृत समाजवादीले दुई सिट पाउने सहमति सत्ता गठबन्धनमा आबद्ध दलबीच भएको छ । गठबन्धनभित्र क्लष्टरको टुंगो नलाग्दा एकीकृत समाजवादीका तर्फबाट उमेदवार भने तय गरिएको छैन ।

पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाल, उपाध्क्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको छ । उमेदवारबारे आजै साँझसम्म टुंगो लगाउने तयारी छ ।

स्रोतका अनुसार, नेताहरू केशवलाल श्रेष्ठ, प्रमेश हमाल, गंगालाल तुलाधर, विजय पौडेल, घनेन्द्र बस्नेत, दिलु पन्तलगायत नाम छलफलका क्रममा प्रस्ताव गरिएको छ । तर, गठबन्धनमा प्रदेश र क्लष्टर टुंगिएपछि सोही आधारमा निर्णय गरिने बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro