site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रागिरि नगरपालिकाका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका–१४ मा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २५ हजार घुस लिएको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro