site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन महिनामा ५०० मेगावाट बिजुली थपिँदै : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आउँदो १२ वर्षभित्र २९ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित प्रगति देखिएको बताएका हुन् ।

सबस्टेसन, प्रसारणलाइन निर्माणलगायत पूर्वाधारमा सरकारको ध्यानकेन्द्रित रहेको उनले उल्लेख गरे । विद्युत् उत्पादनसँगै खपत वृद्धि गर्न मन्त्रिपरिषद्बाट कार्ययोजना समेत पारित भइसकेको उनले जानकारी दिए ।

पछिल्लो एक वर्षमा ५०० मेगावाट बिजुली थप भएको र आउँदो तीन महिनामा ५०० मेगावाट विद्युत् थपिने उनले बताए ।

७८ वर्षमा अढाई सय मेगावाट मात्र बिजुली उत्पादन भएको उनको भनाइ छ । पछिल्लो १५ महिनामा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको उनले जिकिर गरे ।

मन्त्री बस्नेतले मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढाउन नकारात्मक सोच नभई उत्साहका आवश्यक रहेकामा जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro