site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लाइसेन्स छपाइको काम छिटै अघि बढ्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम छिटै अघि बढ्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा उनले छिट्टै ६ लाख कार्ड आउने टुंगो लागेको जानकारी दिए । त्यो आएपछि दैनिक तीन हजार कार्ड छपाइ हुने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

मन्त्री ज्वालाले १६ लाख कार्डका निम्ति टेन्डर गरिएको भन्दै त्यो तीनचार महिनामा टुंगो लाग्ने बताए ।

मुलुकका सडकलाई धुलोरहित बनाउने तयारी भइरहेको उनले उल्लेख गरे । सुरुङमार्ग, द्रुतमार्गलगायत राजमार्ग निर्माणको कामले तीव्रता पाएको र सरकारको हस्तक्षेपले नै सकारात्मक नजिता देखिन थालेको उनले जिकिर गरे ।

समयमै काम नगर्नेमाथि कारबाही गरी ठेक्का तोड्नेसम्मको काम भएको उनले बताए । सवारीको पाटपुर्जाका आधारमा वैज्ञानिक भाडादर पुनरवलोकन गर्न लागिएको उनले जानकारी दिए ।

मन्त्री ज्वालाले सवारी क्षेत्रको बिमाको समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro