site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. विशद दाहालको निलम्बन फिर्ता नभए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी 

काठमाडौं । नेपाल चिकित्सक संघले केएमसी अस्पतालका आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघले शुक्रबार एक विज्ञप्तिमार्फत निलम्बन फिर्ता गरेर अध्ययन अध्यापनका लागि अघि नबढाए आवासीय चिकित्सकका संघ संस्थासँग छलफल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने बताएको हो ।

संघको आजै बसेको बैठकले निसर्त निलम्बन फिर्ताका लागि सरोकारवालासँग माग राख्ने पनि निर्णय गरेको थियो ।

केएमसीमा पीजी दोस्रो वर्ष अध्ययनरत डा. दाहाललाई आवासीय चिकित्सकको कर्तव्य पालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै केएमसीले पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो । 

निलम्बन नियमविपरीत भएको भन्दै केएमसीका आवासीय चिकित्सक सोही दिनदेखि आन्दोलित छन् । काठमाडौं विश्वविद्यालयले निलम्बन स्थगित गर्न पत्राचार गरे पनि केएमसीले डा. दाहाललाई अस्पताल छिर्न दिएको छैन ।

nma-1704450796.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro