site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पकाएको तरकारी र माछा–मासुमा पनि एन्टिबायोटिकको अवशेष हुन्छ 
SkywellSkywell

जनस्वास्थ्यका दशमध्ये एक प्रमुख चुनौती बनेको छ, एएमआर अर्थात् (एन्टी माइक्रोबियल रेसिस्टेन्स) प्रतिजैविक प्रतिरोध । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार, सन् २०१९ मा विश्वभर १.२७ मिलियन जनसंख्याको मृत्युको प्रत्यक्ष र ४.२७ मिलियन जनसंख्याको मृत्युको अप्रत्यक्ष कारण थियो, एएमआर । यही अवस्था रहिरहे सन् २०५० सम्ममा वार्षिक एक करोड जनसंख्याको मृत्यु एएमआरका कारण हुने डब्लूएचओको प्रक्षेपण छ । एएमआरको असर नेपालमा पनि सुसुप्त महामारी (प्रतिवेदनमा साइलेन्ट प्यान्डामिक भनिएको छ ।)को रुप लिइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)को पछिल्लो सर्वेक्षणले देखाएको छ । 

एनपीएचएलले सन् २०२२ मा सार्वजनिक गरेको एएमआर सर्भिलेन्स रिपोर्टमा पिसाबको संक्रमण गराउनेदेखि निमोनियासम्मका रोग गराउने ब्याक्टेरियाहरूमा एएमआर बढेको देखिएको छ ।

के हो एएमआर ?
मानव शरीरमा भाइरस, ब्याक्टेरिया, फंगसजस्ता सुक्ष्मजीवले विभिन्न संक्रमण र रोग निम्त्याइरहेका हुन्छन् । त्यस्ता रोगको उपचारमा प्रयोग हुने औषधि एन्टिमाइक्रोबियल हुन्, जसमा एन्टिबायोटिक, एन्टिभाइरस, एन्टिपारासाइट, एन्टिरोग, एन्टिफंगल आदि पर्छन् । कुनै पनि जिवाणुलाई परास्त गराउन दिइने औषधिलाई जिवाणुहरूले नै प्रतिरोध गरेको अवस्थालाई एएमआर भनिन्छ ।
 
जिवाणुहरू निस्क्रिय हुनुपर्नेमा झनै बलियो भएर औषधिलाई निष्प्रभावी बनाइरहेका छन् । बरु जिवाणुले औषधिको प्रभाव पर्न नदिन विभिन्न रसायन उत्पादन गर्न थाल्छन् । किटाणुले आफ्नो स्वरुप नै परिवर्तन गरिरहेका छन् । यही एएमआर विश्व जनस्वास्थ्यका निम्ति चुनौती बनिरहेको छ, यो विगत धेरै वर्षदेखि देखिँदै आएको छ । 

Dabur Nepal
NIC Asia

नेपालको हकमा दशवटा विभिन्न जिवाणुहरूमा प्रतिरोध बढेको छ वा छैन भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  एएमआर सर्भिलेन्स गर्ने गरेको छ । रगतका रोगहरू, महिलामा पिसाबको संक्रमण गराउने इकोली भाइरसविरुद्ध अस्पतालहरूबाटै हुने संक्रमणमा पनि एएमआर देखिएको छ । तर, मल्टी ड्रग सेसिस्टेन्स् अर्थात् तीनवटै वर्गको औषधिमा प्रतिरोध देखिएको छैन ।
 
अस्पताल भर्ना गरेका बिरामी, आईसीयूमा सिकिस्त बिरामीमा पनि एक्सेस र वाच ग्रुपको एन्टिबायोटिकले काम नगरेर रिजर्भ ग्रुपको औषधि चलाउनुपर्ने देखिएको छ । रिजर्भ ग्रुपको औषधि अन्य औषधिले काम नगरेको अवस्थामा मात्रै चलाउन डब्लूएचओले सिफारिस गरेको छ । 

के कारणले बढ्दै छ एएमआर ? 
जिवाणुहरूले भेटिइरहेको औषधि चिन्छन् र सो औषधिलाई कसरी प्रतिरोध गर्ने उपाय निकाल्छन् । आमनागरिकमा पनि एक्सेस ग्रुपको औषधिको प्रयोग बढ्दो छ । 

चिकित्सकहरूले समेत रोग हेरेर साधारणको सट्टा कडा एन्टिमाइक्रोबियल औषधि सिफारिस गरिरहेका हुन्छन् । बिना सिफारिस औषधि किनेर प्रयोग गर्ने बानी छ । यसरी बढी प्रयोग हुँदा जिवाणुले एन्टिमाइक्रोबियल औषधि चिन्छ । र, औषधिको बढी प्रयोग गरिएकै कारण काम नगर्ने अवस्था आएको हो ।

यसबाहेक तरकारीमा, पशुपंक्षीको मासुमा प्रयोग हुने एन्टिबायोटिक औषधिले पनि मानव शरीरमा असर पुर्याइरहेका छन् ।
 
एन्टिमाइक्रोबियल औषधिहरू चिकित्सकले सिफारिस गरेको डोजअनुसार पूरा मात्रा प्रयोग नगर्दा पनि एएमआरको समस्या निम्तिने गरेको छ ।

तरकारी र पशुपंक्षीको मासु राम्रोसँग पकाएपछि सबै जिवाणु नष्ट हुन्छन् भन्ने आम बुझाइ छ, एन्टिबायोटिकको हकमा यस्तो हुँदैन ? 
तरकारी होस् या माछामासु पकाए पनि एन्टिबायोटिकको केही अवशेष रहिरहन्छ । मानिसको शरीरभित्र नै जिवाणु रहेको हुन्छ । उनीहरूले उक्त अवशेषलाई चिन्छन् । पछि कुनै समय प्रयोग गरिने औषधिले काम नगर्न सक्छ । 

त्यतिमात्र नभइ फोहोरको रूपमा फालिएको औषधि, माटोमा मिले त्यसमा उब्जिएका खाद्यन्न र पानीमा अवशेष भए बिना प्रशोधन पानी पिउँदा पनि असर गर्नसक्छ । 

नेपालमा एएमआर न्यूनीकरणका लागि सरकारी र आमनागरिकको तहबाट के गर्ने ?  
सुरुमा रोगबाट बच्न हरेक ठाउँ र क्रियाकलापमा सरसफाइमा ध्यान दिनुपर्छ । कुनै पनि जिवाणुका कारण हुने रोगमा बिनापरीक्षण औषधिको प्रयोग गर्नु हुँदैन । 
 
कुनै कडा समस्या नै भए पनि कल्चर जाँच गराएर त्यसको रिपोर्टका आधारमा मात्रै औषधि प्रयोग गर्नुपर्छ ।  चिकित्सकले दिएको एन्टिबायोटिक औषधि पूरा समय प्रयोग गर्नुपर्छ । आफूले प्रयोग गरेको औषधि अरुलाई बिनापरीक्षण सिफारिस नगरौँ । सरकारको तर्फबाट सन् २०१६ मा प्रतिजैविक प्रतिरोध नेसनल एक्सन प्लान बनेको छ । यसको कार्यान्वयन हुन बाँकी छ । यो कार्यान्वयन नहुँदा पनि हामी एएमआरबारे विभिन्न सचेतना कार्यक्रम, सर्वेक्षण, आदि गरिरहेकै छौँ ।

औषधि व्यवस्था विभागले एएमआर न्यूनीकरणका लागि एन्टिमाइक्रोबियल औषधिमा कडाइ र डब्लूएचओको मापदण्ड फलो गर्न तथा गराउन लागिरहेको छ । आमनागरिक र सरकारका यी प्रयासबाट एन्टिमाइक्रोबियल औषधिको दुरुपयोग घटाउनु नै एएमआर न्यूनीकरणको ठूलो पहल हुनसक्छ

भिडियो कुराकानी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu