site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नारायणहिटीलाई ‘ग्रान्ड म्युजियम’का रूपमा विकास गरौँ : अध्यक्ष नेपाल
तस्बिर : रत्न श्रेष्ठ/रासस ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी दरबारलाई ‘ग्रान्ड म्युजियम’का रूपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले नारायणहिटीलाई ग्रान्ड म्युजियमका रूपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राखिनुपर्नेमा जोड दिए । रामापिथेकसदेखि सुरु गरेर राजतन्त्र अन्त्यसम्मको इतिहास झल्कने गरी संग्रहालय बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेका निम्ति राम्रो हुने उनले बताए ।

“...गणतन्त्रसम्बन्धी एउटा छुट्टै, बेग्लै एउटा स्मारक बनाउनुपर्छ । एउटा छुट्टै म्युजियम बनाउनुपर्छ,” उनले भने, “लखन थापामगरदेखि अहिलेसम्मका जति पनि जनताको लडाइँ, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरू लेख्नुपर्छ । संविधान निर्माण गरेसम्मका इतिहास लेखौँ । हामीले छुट्टै बनाउनुपर्छ । त्यो मान्छेहरू हेर्न चाहन्छन् ।” न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro