site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल गाजा नरसंहारको आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने

जेरुसेलम । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ ।  मुद्दाको सुनुवाइमा नेदरल्यान्ड्सको हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा उपस्थित हुने निर्णय गरिएको इजरायली समाचार वेबसाइट वाइनेटले सोमबार उल्लेख गरेको छ ।

इजरायलले नरसंहारविरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कारबाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफूविरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताएको वेबसाइटमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नेतृत्वमा वरिष्ठ अधिकारीबीचको छलफलअघि नै यो निर्णय लिइएको जनाइएको छ ।

शुक्रबार दायर गरिएको मुद्दामा ‘गाजा स्ट्रिपमा प्यालेस्टाइनीको नरसंहारको  रोकथाम तथा सजायको महासन्धिअन्तर्गतको दायित्वको इजरायलले उल्लंघन गरेको’ उल्लेख रहेको आईसीजेले जनाएको छ ।

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई नरसंहार महासन्धिअन्तर्गत प्यालेस्टाइनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro