site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीविरुद्ध यसरी कड्किए सांसद, प्रधानमन्त्रीको पनि राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारीमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले वर्तमान सरकार ‘निकम्मा, नालायक, असक्षम’ भएको टिप्पणी गरे ।

बालकुमारी घटना सरकारबाट गरिएको हत्या भएको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।

उनले विगतमा भएका घटनामा नैतिकताका आधारमा राजीनामा दिइएको उदाहरण प्रस्तुत गरे । वर्तमान सरकारपछिको एक वर्ष मुलुक बर्बाद भएको उनको भनाइ छ ।

“सिंहदरबारमा आगो लाग्यो, प्रमको हैसियतले नैतिक जिम्मेवारी लिएर कीर्तिनिधि विष्टले नैतिकता देखाएर राजीनामा दिए । रंगशालामा फुटबल हुँदा आँधी आयो, फु गरेर ल्याएको हैन, भागदौडमा मान्छे मरे । तत्काल केशरबहादुर विष्टले राजीनामा दिए,” सांसद श्रेष्ठले भने, “जानी नजानी धान रोप्न जाँदा भएको गल्तीमा मन्त्रीले राजीनामा दिएको छ ।” 

राजीनामा दिए अर्को सरकार बनाउन मार्गप्रशस्त गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे । उनले प्रश्न गरे, “छातीमा गोली ताकीताकी हत्या गर्ने ?”

राज्यव्यवस्था समितिमा सांसद कृष्णगोपाल श्रेष्ठको भनाइ पढ्नोस्–
पञ्चायतमा पुलिस अनुभव ग¥यौँ, राजासहितको बहुदलीय व्यवस्थामा पुलिस अनुभव गरेको, आज राजाबिनाको गणतन्त्रमा छौँ ।

समग्रमा वर्तमान सरकार निकम्मा, नालायक, असक्षम र हत्यारा बन्यो । एक वर्ष मुलुक बर्बाद भयो ।

सिंहदरबारमा आगो लाग्यो, प्रमको हैसियतले नैतिक जिम्मेवार लिएर कीर्तिनिधि विष्टले नैतिकता देखाएर राजीनामा दिए । रंगशालामा फुटबल हुँदा आँधी आयो, फु गरेर ल्याएको हैन, भागदौडमा मान्छे मरे । तत्काल केशरबहादुर विष्टले राजीनामा दिए । जानी नजानी धान रोप्न जाँदा भएको गल्तीमा मन्त्रीले राजीनामा दिएको छ ।

मन्त्रीजत्तिको बुद्धि भएको भए उसले त्यो जागिर खाएर बस्छ ? ऊ मन्त्री बन्छ नि !

यो सरकारबाट गरेको हत्या हो, नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।

लाजशरम पनि छैन, वर्तमान सरकारका प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो । दुनियाँले देख्छ ।

सरकारले कसैलाई दोष दिएर हुँदैन । मुटुको भर्खर अपरेसन गर्नुभएको छ, स्वास्थ्यलाई पनि ख्याल गर्दै – मैले गृह प्रशासन चलाउन सकेन, भोलि पनि यस्तो अवसर आउँछ भनेर पदबाट राजीनामा दिएर नैतिकता देखाउनुस् । १० लाख मात्र दिएर उम्कने हो भने यो सरकार हत्यारा हो ।

अर्को कुरा भनौँ, यो मेरो कुरा हैन, जनताले ‘प्रधानमन्त्रीज्यू, तपाईंको छोरीलाई पनि त्यही पंक्तिमा राख्न चाहन्छु, बरु ५० लाख दिन्छु भनिरहेको छ, यो मेरो बोली हैन । त्यसकारण मार्गप्रशस्त गर्नुहोस् । यस्तो घटना भइरहन्छ । त्यसकारण समग्रमा सरकारले बाटो छोडेर अर्को सरकारलाई काम गर्न दिनुस् ।

छातीमा गोली ताकीताकी हत्या गर्ने ? जे भए पनि सम्पूर्ण घटनाको सरकारले जिम्मेवारी लिनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro