site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको बैठकमा खोजियो विधानबारे ११ जवाफ, यस्ता छन् पारित प्रस्ताव 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक तीनदिनसम्म चल्यो । ललितपुरस्थित कान्तिपुर गार्डेनमा चलेको बैठकमा विधान संशोधनका विषयमा हल गर्नुपर्ने ११ सवालको जवाफ खोजिएको थियो । 

बैठकको पहिलो दिन बुधबार केन्द्रीय सदस्यहरूलाई कमिटीको आकार, पदाधिकारीको संख्या, उमेरहद लगायतका विषयमा आफ्ना सुझाव दिन प्रश्नावली वितरण गरिएको थियो । प्रश्नावलीमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखे । 

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले विधानबारे आएका सुझावलाई केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरिने जानकारी दिए । 

“आम केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेर विधानमा सुझाव दिनुभएको छ,” उनले भने, “यसलाई व्यवस्थित मस्यौदाको रूपमा आउँदो माघ १४ र १५ गते सम्पन्न हुन लागेको केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गर्नेछौँ ।” 

साथै, बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित सरकारकारको ध्यानकर्षण गराएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न अग्रगामी शक्तिको ध्यानाकर्षण गराएको छ । 

“आज विभिन्न कोणवाट हमला भइरहेको अवस्थाप्रति सचेत रहँदै यो बैठक सबै खाले पुनरुत्थानवादी विचार र क्रियाकलापको राजनीतिक तथा वैचारिक रूपमा प्रतिवाद गर्नु आवश्यक रहेको निष्कर्ष निकाल्दै यसका लागि सबै अग्रगमनकारी राजनीतिक शक्तिहरूबीच घनीभूत सम्वाद र सहकार्यको आवश्यकता रहेको ठहर गर्दछ,” प्रस्तावमा भनिएको छ । 

यस्ता छन् पारित २० प्रस्ताव


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro