देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका–२१ का इन्द्रलाल श्रेष्ठ छन् ।
उनीहरूसँग अख्तियारले एक लाख ७५ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १७:०४
प्रतिक्रिया दिनुहोस्